ढकारीले ल्यायो नयाँ एम्बुलेन्स : भोलिबाट सेवामा आउने
 
	
				
			अछाम । ढकारी गाउँपालिकामा नागरिकको सेवाका लागि नयाँ एम्बुलेन्स आईपुगेको छ ।
ढकारी गाउँपालिकाले यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत खरिद गरेको नयाँ एम्बुलेन्स गाउँपालिकामा आइपुगेको हो ।
करिब २५ लाख रुपैयाँ लागतमा खरिद गरिएको उक्त एम्बुलेन्स भोलि (आईतबार) देखि औपचारिक रूपमा नागरिकको सेवामा सञ्चालनमा आउने बताईएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश साउँदले एम्बुलेन्सको आगमनले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने “नयाँ एम्बुलेन्स भोलिबाट सेवा दिन सुरु गर्नेछ। यसले विशेषगरी आकस्मिक अवस्थामा बिरामीलाई सहज र छिटो स्वास्थ्य संस्थासम्म पुर्याउन मद्दत गर्नेछ।”
पालिकाले जनताको आधारभूत स्वास्थ्य सेवा सुलभ बनाउन प्राथमिकता दिएको बताउदै उनले नयाँ एम्बुलेन्सको आगमनले अप्ठ्यारोमा परेका बिरामीलाई छिटो अस्पताल पुर्याउन मद्दत पुग्ने बिश्वास् लिएका छन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार, जनशक्ति र सेवा विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको अध्यक्ष साउँदको भनाई छ। एम्बुलेन्स सेवाको नियमित सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको पनि उनल बताए ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया