Hikmat Acharya
  • १८ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

रविको रिटमा सुनुवाइ सकियो, आदेश आउँदै


काठमाडौं : सरर्वोच्च अदालतमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा गत मंगलबारदेखि सुरु भएको सुनुवाइ शुक्रबार सकिएको हो। अब आदेश आउन बाँकी छ।

आजको सुनुवाइमा रवि र छविविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा रामचन्द्र आरसी गौतमले रिटको विपक्षमा बसह गरेका थिए।

त्यसपछि रवि र छविको तर्फबाट कानुन व्यवसायी सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस प्रस्तुत गरेका थिए।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। हाल उनी रुपन्देही जिल्ला कारागारमा छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode