Hikmat Acharya
  • १८ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

डीआईजी बढुवा

‘सिनियरिटी’को आडमा बदनाम अधिकृत बढुवा सिफारिस !


काठमाडौं : नेपाल प्रहरीको डीआईजी पदमा भएको पछिल्लो बढुवा प्रक्रियाले प्रहरी संगठनभित्रै गहिरो असन्तोष र विवाद जन्माएको छ।

वरिष्ठताको नाममा विवादास्पद र अनुशासनहीन अधिकारीहरूलाई प्राथमिकता दिइएको भन्दै प्रहरीभित्रको मनोबल खस्किएको छ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसएसपीलाई डीआईजीमा सिफारिस गरेको थियो। तीमध्ये ९ जना राष्ट्रिय अनुसन्धान विभाग पृष्ठभूमिबाट आएका छन्।

तीमध्ये धेरै जना विभिन्न अनुशासनात्मक कारबाहीमा परिसकेका छन्।

दीपक रेग्मी : अर्काकी श्रीमतीसँगको अनैतिक सम्बन्धको भिडियो सार्वजनिक भइसकेको र उजुरीसमेत परेको थियो।

सुरेन्द्र गुरुङ : गोरखामा जुवा प्रकरण र मकवानपुरमा लागूऔषध (गाँजा) तस्करीमा संलग्नताका आरोपमा पटक–पटक सरुवा र कारबाहीमा परेका।

बिनोद घिमिरे : कमजोर पेशागत क्षमता र विवादास्पद व्यक्तिगत आचरणका लागि चिनिएका।

दिलिपसिंह देउवा : कार्यालयमै मदिरा सेवन गर्ने बदनाम व्यवहारका कारण आलोचित।

संजीव शर्मा दास : रामेछापमा बलात्कारपछि हत्या भएको सुन्तली तामाङ प्रकरणमा दोषीलाई जोगाएको आरोपमा अनुसन्धानमा परेका।

दिपक बस्नेत, माधव श्रेष्ठ, जयराज सापकोटा : कार्यक्षमता कमजोर र नेतृत्वदक्षतामा कमी देखिएका अधिकारीहरू।

बढुवामा गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली ११२ टोलीकाे क्षमतावान अधिकृतहरूलाई बढुवा गर्न चाहन्थे।

तर लेखकले ‘सिनियरिटी’लाई ढाल बनाउँदै आलोचित नामहरू अघि सारे। प्रहरी प्रधान कार्यालयमै बढुवा प्रक्रियामा ‘ठूलो आर्थिक लेनदेन’ भएको चर्चा छ।

अन्तिम दिन केही एसएसपीहरू रकम संकलनमा लागेका थिए, र उहीहरू सिफारिसमा परेका छन् भन्ने विवरणहरू बाहिर आएका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode