Hikmat Acharya
  • १ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा “ट्याक्टर बहस”


अछाम : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नवप्रवर्तनिय कार्य अन्तर्गत “ट्याक्टर बहस” नामक विशेष कार्यक्रम अछामको बान्निगढी जयगढ गाउँपालिका–३ स्थित झरना होटेलमा सम्पन्न भएको छ।

ट्याक्टरबाट हुने सवारी दुर्घटनामा व्यापक वृद्धि हुँदै गइरहेकाले सो समस्यालाई गम्भीरताका साथ उठान गर्दै ट्राफिक सचेतना तथा सवारी सुरक्षामा केन्द्रित छलफल कार्यक्रमको आयोजना गरिएको हो।

ट्याक्टर दुर्घटनाका प्रमुख कारण, चालकको लापरवाही, प्राविधिक कमी, ट्राफिक संकेतको बेवास्ता, तथा कानुनी व्यवस्थाको कार्यान्वयनमा कमजोरीलगायत विषयमा गहिरो बहस र विश्लेषण गरिएको थियो।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद प्रमुख अतिथि, उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि तथा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, ट्याक्टर चालक, सवारी धनी र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।

बहसको क्रममा सहभागीहरूले ट्राफिक नियम पालना गर्नुपर्ने आवश्यकता, नियमित तालिम र सचेतनामूलक कार्यक्रमको माग गर्दै दुर्घटना न्यूनीकरणका ठोस उपायहरू अघि सारे।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode