Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

भारतमा सवारी दुर्घटना : बान्नीगढीका लोग्ने–स्वास्नी र एक बालकको मृत्यु


भारतको पलिया लखिमपुर सडकखण्डमा भएको दर्दनाक सवारी दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिकाका एक दम्पतीसहित एक नाबालकको मृत्यु भएको छ।

रोजगारीका लागि भारततर्फ जाँदै गरेका उनीहरू सवार गाडी र बिपरित दिशाबाट आईरहेको सवारी साधन एक आपसमा ठोक्किन गई दुर्घटना भएको हो।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–५, कालिका बाच्कोटका ५६ वर्षीय टेके साउद र उनकी ५५ वर्षीया श्रीमती देउमा साउदको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै, सोही दुर्घटनामा परी गाउँपालिका–३, बरदादेवी धारासैनका ७ वर्षीय बालक अंसु साउदको पनि घटनास्थलमै ज्यान गएको छ।

घटनामा अन्य ७ जना नेपालीहरू गम्भीर घाइते भएका छन् भने उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानिय सिदार्थ साउँदका अनुसार दुर्घटनामम दिवंगत भएका साउँद दम्पति भारतको जबलपुरमा रहेका छोराबुहारी भेट्न

दुर्घटनाको बिस्तृप्त थप विवरण आउन बाँकी रहेको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode