रामारोशनमा नेकपा (एमाले) पालिका कमिटीको पहिलो बैठक
 
	
				
			अछाम: रामारोशन गाउँपालिकामा नेकपा (एमाले)को पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।
पालिका कमिटी अध्यक्ष भीष्मबहादुर साउदको अध्यक्षतामा आयोजित बैठकमा प्रदेश कमिटी सदस्य चक्र रावल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै, जिल्ला कमिटी सदस्य पदम शाह र पूर्व जिल्ला कमिटी सदस्य पाना साउद अतिथिको रूपमा सहभागी भएका थिए।
बैठकमा पालिका कमिटीका पदाधिकारी, सदस्यहरू तथा वडा कमिटी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।
बैठक सञ्चालन पालिका सचिव लालबहादुर बटालाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भक्त अयडिले राखेका थिए।
बैठकमा संगठन विस्तार, कार्ययोजना निर्माण र जनसमस्यालाई प्राथमिकतामा राखी बहस गरिएको थियो।
विशेषगरी हाल सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै यसको सफलतामा योगदान गर्ने सबैलाई धन्यवाद तथा बधाई व्यक्त गरिएको थियो।
पार्टी सदस्यता नविकरण र नयाँ सदस्य विस्तार अभियान तीव्र बनाउने निर्णय गरिनुका साथै मासिक बैठकलाई नियमित बनाउँदै संगठनलाई तल्लो तहसम्म सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
बैठकमा रामारोशनको विकासमा अवरोध सिर्जना गर्दै आएको जैगड–रामारोशन सडक निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो।
बैठकले सो विषयमा पालिका सरकारमार्फत सरोकारवाला मेन ठेकेदारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया