Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

मेलौली नगरपालिका कार्यालय अगाडि फोहोर थुपार्दै स्थानीयको विरोध प्रदर्शन


बैतडी : मेलौली नगरपालिकाको फोहोर व्यवस्थापनप्रतिको चरम लापरवाहीका विरुद्ध आक्रोशित स्थानीयबासीले अनौठो शैलीमा विरोध जनाएका छन्।

उनीहरूले नगर कार्यालय परिसरमै फोहोर थुपारेर असन्तोष प्रकट गरेका हुन्।

तल्लो स्वराड क्षेत्रको प्रमुख बजार मानिने मेलौलीमा लामो समयदेखि फोहोर संकलन र व्यवस्थापनमा ध्यान नदिँदा जनजीवन नै प्रभावित भएको स्थानीयको गुनासो छ।

बजार क्षेत्र, गोठ जाने बाटो, बालबालिकाको खेलमैदान र बस्ती वरपर फालिएको फोहोरका कारण दुर्गन्ध, संक्रमण र दुर्घटनाको जोखिम बढेको बताइएको छ।

मेलौली–१ की सुनिता दयाल भन्छिन्, “बच्चाहरूले फोहोर खेल्दा सिसाका टुक्राले चोट लाग्ने घटना सामान्य भइसकेको छ।”

मेलौली–७ की भागरथी चन्दले भनिन, “फोहोरकै कारण हाम्रो जमिन मासिएको छ, बाटो हिँड्नसमेत गाह्रो भएको छ।”

बजार क्षेत्रमा रक्सीका बोतल, प्लास्टिकजन्य सामग्री, सडेगलेका वस्तु र नकुहिने फोहोर थुप्रिएको छ।

फोहोरको दुर्गन्धका कारण टाढाबाट आएका पाहुनाहरूसमेत हैरान हुने गरेका छन्।

स्थानीयले पटकपटक सरसफाइको माग गर्दा पनि नगरपालिका प्रशासन “जग्गा छैन” भन्दै बेवास्ता गरिरहेको उनीहरूको आरोप छ।

नगरपालिकाको यस्तो लापरवाहीप्रति स्थानीयबीच आक्रोश बढ्दै गएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode