सर्वोच्चको आदेशले विश्व पौडेललाई गभर्नर बन्न सहज

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि प्रस्तावित डा. विश्व पौडेललाई सर्वोच्च अदालतको आदेशले कानुनी रूपमा बाटो खुला गरिदिएको छ।
उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा अगाडि सारिएका थिए।
गभर्नर बन्न अयोग्य रहेको दाबी गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए।
तर, सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरिसकेको थियो, र न्यायाधीश सपना प्रधान मल्लको इजलासले त्यस निर्णयलाई सदर गरेको छ।
यस फैसलापछि पौडेललाई गभर्नर बन्न बाटो खुलेको छ। लामो समयदेखि कांग्रेस र एमालेबीचको विवादका कारण राष्ट्र बैंक नेतृत्वविहीन रहँदै आएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया