प्रसव पीडामा परेकी बेवारिसे गर्भवतीलाई प्रहरी जवान देउवाले गराइन् सुरक्षित प्रसूति

धनगढी : प्रहरीको भूमिका प्रायः सुरक्षा र कानुनी कार्यान्वयनसँग मात्र जोडिन्छ।
तर, कैलालीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले देखाएको मानवीयता समाजमा सेवाभावले भरिएको प्रहरीको अनुहार उजागर गरिदिएको छ।
गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सडक किनारमै प्रसव पीडामा परेकी एक बेवारिसे गर्भवती महिलाको सुरक्षित प्रसूति गराउँदै देउवाले नारी संवेदनशीलता र सामाजिक उत्तरदायित्वको अनुपम मिसाल प्रस्तुत गरेकी छन्।
खैराना प्रहरी चौकी अन्तर्गत कार्यरत देउवा नियमित गस्तीको क्रममा ती महिलालाई पीडामा देखेपछि सहयोगका लागि अघि बढिन्।
स्थानीयको सहयोगमा सुरक्षित स्थानमा राखेर सुरक्षित डेलिभरी गराइन् र त्यसपछि आमा र नवजात शिशुलाई अत्तरियास्थित पद्मा अस्पताल पुर्याइन्।
आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया