डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, अर्की घाइते

डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा सोमवार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
४० वर्षीया देउमती साउँद आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भइन्। उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
सोही घटनामा ३५ वर्षीया अस्मिता ओली बिष्ट पनि घाइते भएकी छन्। बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. बिष्टलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया