ओलीलाई ‘भ्रष्टाचारीको नाइके’ भन्दै बालेन आक्रोशित, भने : तपाईंको सिस्टम म मान्दिन
 
	
				
			अछाम: काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफू गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रष्टीकरण छ ।
सोमबार उनले फेसबुकमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।’
कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बैठकमा नबोलाउन र मूल समारोह समिति नाम नराख्न निर्देशन दिएका थिए।
सोही विषयलाई लिएर बालेनको यस्तो प्रतिक्रिया दिएको उनी निकट स्रोत बताउँछ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले मेयर शाह यस्ता किसिमका कार्यक्रममा पटक पटक उपस्थित नभएको भन्दै अब कार्यक्रम हुँदा नाम नराख्न र नबोलाउन गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया