रेशम थुनाउने बिष्ट धराैटीमा रिहा

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख धरौटीमा रिहा भएका छन्।
बिष्ट दार्चुलाका हुन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रहरीले उनीविरूद्ध झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ मा पक्राउ गरेर हिरासतमा राखेको थियो।
विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरको भेटिएपछि उनलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा गएका थिए।
महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए।
महिमानसिंहको पत्रले चौधरी पक्राउ परेपछि त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो।
क्याटेगोरी : अपराध, राष्ट्रिय, समाचार
प्रतिक्रिया