अछामको कमलबजार विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु

अछाम : ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ।
वैशाख ७ गते उद्घाटनसहित सुरु भएको उडान आइतबार चौथोपटक सम्पन्न भएको हो।
कमल बजारका नगर प्रमुख यज्ञप्रसाद ढकालका अनुसार काठमाडौँबाट १५ र कमलबजारबाट १४ यात्रुले सेवा लिएका छन्। हाल हप्ताको एकपटक आइतबार मात्रै उडान हुने सहमति भएको छ।
निकट भविष्यमा नागरिक उड्डयन प्राधिकरणको कार्यालय पनि कमलबजारमै स्थापना गरिने तयारी भइरहेको छ। अहिले साँफेबगरबाट कर्मचारी खटाइए पनि स्थायी रूपमा दुई जना कर्मचारी खटाउने योजना रहेको ढकालले बताए।
उडान नियमित भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया