Hikmat Acharya
  • १९ जेठ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सांसदको गाडीलाई डीएसपीको गाडीले ठक्कर दिएपछि …


विराटनगर :  कोसी प्रदेशका प्रदेशसभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ ।

सांसदहरू विराटनगरमा प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै गर्दा विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको बा५च ३५२० नम्बरको कार र सांसद सवार गाडी कानेपोखरीमा ठोक्किएका हुन् ।

दुर्घटनामा परेका गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, सांसदहरूको अवस्था सामान्य रहेको छ ।

गाडी भने क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । सांसद मैया श्रेष्ठले आफूहरू सकुशल रहेको जानकारी दिँदै भनिन्, “मेरै गाडीमा आउँदै थियौँ, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ, गाडीचाहिँ बिग्रिएको छ ।”

दुर्घटनापछि केहीबेर सवारी अवरुद्ध भएको भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode