Hikmat Acharya
  • १९ जेठ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सशस्त्र प्रहरीको नेतृत्व छनोटमा शक्ति सन्तुलनको खेल


काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया औपचारिक रूपमा अगाडि नबढ्दा सुरक्षा संयन्त्रमै अन्यौलता छाएको छ।

प्रशासनिक रूपमा माथिल्लो तहको बढुवाबाट प्रक्रिया सुरु हुनुपर्ने भए पनि गृह मन्त्रालयले उल्टै तल्लो तहको बढुवा टुंग्याउन बल पु¥याइरहेको छ। जुन परम्पराविपरीतको अभ्यास हो।

तर यस ढिलाइको पछाडि केवल प्रक्रियागत कारण होइन, रणनीतिक चलखेल र राजनीतिक मोलमोलाइ लुकेको देखिन्छ।

गृह मन्त्रालय स्रोतका अनुसार, दुई जना डिआइजी — कमल गिरी र गणेश ठाडाका पक्षमा चर्को ‘घरदैलो राजनीति’ चलेपछि बढुवा प्रक्रिया अन्यौलमा परेको हो।

जब वरिष्ठ अधिकारीहरू खुलेर लबिङमा लाग्छन्, त्यो स्वाभाविक रूपमा अन्य प्रतिस्पर्धीलाई पनि ‘खेलमा’ ल्याउने माध्यम बन्छ।

यतिबेला राजनीतिक नेतृत्वले पनि अवसर देखेर मोलतोलको ढोका खोल्ने स्थिति बनेको छ।

बढुवाका लागि फर्म भरेका नौ डिआइजीमध्ये वरिष्ठता र भूमिकाका हिसाबले कमल गिरी र गणेश ठाडा अगाडि देखिन्छन्।

तर उनीहरूकै लबिङ, आन्तरिक प्रतिस्पर्धा र पदस्थापन रणनीतिमा देखिएको असहमतिले सिस्टमलाई नै रोकेको अवस्था आएको हो।

अरू फर्म भर्नेमा शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, प्रदीप पाल, लक्ष्मण सिंह, सुरेश श्रेष्ठ र कालीदास धौबजी छन्।

एआइजी चन्द्रप्रकाश गौतमको अवकाशसँगै रिक्त भएको पदको जिम्मेवारी सुरूमा कमल गिरीलाई दिइएको थियो।

तर उनी लामो बिदामा बसेपछि सीमा विभागको जिम्मा आइजीपी नारायणदत्त पौडेलले लिएका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode