Hikmat Acharya
  • १९ जेठ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अन्ततः विश्व पौडेल बन्ने भए राष्ट्र बैंकको गभर्नर !


काठमाडौं : राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया आज साँझको मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने तयारीमा छ।

सिफारिस समितिबाट डा. विश्व पौडेलको नाम पहिलो नम्बरमा राखेर अर्थ मन्त्रालयमार्फत सिफारिस गरिनेछ।

तर यसपटकको नियुक्ति प्रक्रियामा राजनीतिक समायोजन मात्र होइन, राष्ट्र बैंक भित्रकै आन्तरिक रणनीतिले समेत निर्णायक मोड दिएको छ। त्यो हो डा. गुणाकर भट्टको राजीनामा।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट गभर्नरको दौडमा थिए। उनी सत्तारुढ एमाले र प्रमुख विपक्षी काँग्रेस दुवैको साझा उम्मेदवार बन्न सक्ने सम्भावनामा थिए।

तर कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगर्दा उनी प्रतिस्पर्धाबाट बाहिरिए।

ढुंगानाले राजीनामा रोक्दा भट्टको औपचारिक उम्मेदवारी नै खारेजजस्तै बन्यो। भट्टको बाहिरीकरणपछि डा. विश्व पौडेलको बाटो खुला भयो।

संयोग कस्तो भने, पौडेल गभर्नर सिफारिस समितिकै सदस्य थिए। र अब उनी सिफारिस सूचीको शीर्ष स्थानमा छन्। जसरी निर्णायक ‘पावर प्ले’ समितिभित्रै भयो, त्यसले प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

यता डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दोस्रो नम्बरमा सिफारिस गरेर ‘फेस सेभिङ’ प्रयास गरिएको छ भने तेस्रोमा अर्का डेपुटी बमबहादुर मिश्र छन्।

मिश्र हाल अमेरिका रहेका छन् र भोलि काठमाडौं फर्कने तालिका छ। यसअघि पनि सिफारिस सूचीमा नाम राखिनेहरू राजनीतिक सेटिङअनुसार पछि हटाइने परिपाटी देखिएको छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode