नयाँ संविधान माग्दै ७५ वर्षे बृद्ध धर्नामा

काठमाडौं : नयाँ संविधान जारी गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा एक वृद्ध धर्ना बसेका छन् ।
धादिङको गजुरी गाउँपालिका-८ किरान चोक स्थायी घर भई अहिले कलंकी बस्ने ७५ वर्षीय चेतनाथ ढुंगानाले आज बिहान पौने ११ बजेदेखि माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा पलेटी कसेका हुन् ।
सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरी दोषीलाई छुटदिने, राष्ट्रघाती सम्झौता गर्नेजस्ता संविधान विरोधी क्रियाकलाप गरिरहेकाले नयाँ संविधान चाहिएको उनको तर्क छ ।
”२०७२ असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो” भन्दै ढुंगानाले उक्त संविधलाई जलाएर नयाँ जारी गर्नुपर्ने माग लेखिएको ब्यानर प्रदर्शन गरेका छन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया