Hikmat Acharya
  • १८ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बुहारीमाथि पटक–पटक यौन शोषण, ससुरा पक्राउ


अछाम : चौरपाटी गाउँपालिका १ का एक युवकलाई आफ्नो बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा जेठ ३ गते उनलाई मंगलसैनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार ती युवकमाथि जेठ २ गते दर्ता गराइएको उजुरीमा युवतीमाथि वैशाख २८ गते बलात्कार गर्नुका साथै अघिल्ला वर्षदेखि पनि पटक–पटक यौन सम्बन्ध राख्दै आएको उल्लेख गरिएको छ।

स्रोतका अनुसार दुवै पक्षबीच लामो समयदेखि अनैतिक सम्बन्ध रहेको र ती दुईबीच ससुरा–बुहारीको नाता रहेको खुलेको छ। पारिवारिक सम्बन्धमा यस्तो प्रकारको शोषण हुनुले समाजमा गहिरो प्रश्न उठाएको छ।

युवतीको जाहेरीपछि कानुनी प्रक्रिया अगाडि बढाइएको र हाल पक्राउ परेका युवक प्रहरी हिरासतमा रहेको बताइएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode