Hikmat Acharya
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा धारिलो हतियार प्रहार : दुई महिला गम्भीर घाइते, उपचारका लागि डडेल्धुरा ल्याइँदै


बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका–६ रपनामा धारिलो हतियार प्रहारबाट दुई महिला गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार बिहान करिब ११:४५ बजेतिर २० वर्षीय धनबीर धानुकले ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्।

बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बाँया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

घाइते दुबै जनालाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार आक्रमणकारी धनबीर धानुकलाई नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानमा बिखमतीका नाती दिनेश धानुकसँग धनबीरको लामो समयदेखि घरायसी विवाद रहेको खुलेको छ।

दिनेशलाई लक्षित गरी घर पुगेका धनबीरले उनी घरमा नभेटिएपछि वृद्धा महिलामाथि आक्रमण गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode