सरकार गभर्नर नियुक्ति टारेर चलखेलमा लागेको छ: प्रचण्ड
 
	
				
			बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारीलाई संरक्षण र राम्रा मान्छेलाई दण्डित गर्ने काममा लागेको आरोप लगाएका छन्।
उनले आफू नेतृत्वको सरकारले जनतामा आशा पलाउने काम गरेको तर जनताको आशाका विरुद्ध षड्यन्त्रका रुपमा अहिले गठबन्धन सरकार बनेको बताए।
गठबन्धन सरकारले भ्रष्टाचार संरक्षण गर्ने थुप्रै कामहरु गरिरहेका आरोप लगाए।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुने पद हो। तर अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालमा चलखेल र प्रपञ्च भइरहेका छन्,’ बैतडीको पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित पार्टीको जागरण अभियानलाई उद्घाटन गर्दै उनले भने, ‘त्यसकारण सरकार गलत दिशातिर गएको छ। राष्ट्र र जनताको हितविपरीत गएको छ।’
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया