Hikmat Acharya
  • १९ जेठ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाँदमा खेलकुदमार्फत सामाजिक एकता : भोलीबाट दोस्रो अध्यक्ष कप


अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा दोस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको प्रतियोगितामा विभागीय टिमसहित विभिन्न पालिकास्तरका भलिबल टिमहरूले सहभागिता जनाउने छन्।

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन गरिनेछ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.का अनुसार प्रतियोगिताले युवा खेलाडीहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने र स्थानीय तहमा खेल गतिविधिलाई संस्थागत गर्ने लक्ष्य लिएको छ।

“स्थानीय स्तरमै स्तरीय प्रतियोगिता आयोजना गरेर युवाहरूको प्रतिभा उजागर गर्नु र खेलकुदको माध्यमबाट सामाजिक एकता र सकारात्मक सन्देश फैलाउनु हाम्रो मुख्य उद्देश्य हो अध्यक्ष डम्बर बहादुर बि.सिले भने यो प्रतियोगिता केवल खेल मात्र होइन, हाम्रो गाउँपालिकाको पहिचान र गौरवसँग जोडिएको अवसर पनि हो,”

उनले सबै खेलप्रेमी, खेलाडी, स्थानीय संघसंस्था तथा पालिकावासीहरूलाई प्रतियोगिता सफल पार्न आ-आफ्नो स्थानबाट सहयोग र उपस्थितिको अपिल गरेका छन्।

प्रतियोगिताका विजेता टिमहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ:

पहिलो पुरस्कार: नगद रु. २,०११११/-

दोस्रो पुरस्कार: नगद रु. १,०११११/-

तेस्रो पुरस्कार: नगद रु. ५१,०००/-

प्रतियोगितामा सहभागी हुन टिमहरूलाई रु. १०,१११/- प्रवेश शुल्क तिर्नुपर्नेछ।

खेलप्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले अनुरोध गरेको छ।


क्याटेगोरी : खेलकुद, पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode