‘श्रीमान–श्रीमती’ विवादले सुदूरपश्चिमको वन मन्त्रालय मन्त्री विहीन
 
	
				
			धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक पारिवारिक विवादले सरकारको एक मन्त्रालय ठप्प बनेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको द्वन्द्वले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री चयन रोकिएको हो।
श्रीमान–श्रीमती सम्बन्धमा रहेका रेशम र रञ्जिता एक–अर्काको निर्णय नमानेपछि पार्टीभित्र नेतृत्वको रस्साकस्सी चलेको छ।
रञ्जिताले कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गरेकी छिन् भने रेशमले त्यसमा अवरोध गरेका छन्।
यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मण चौधरीले लेनदेन घुस काण्डको अडियो सार्वजनिक भएसँगै गत चैत १६ गते राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको हो।
यसबीच मन्त्रालयमा न मन्त्री छन्, न सचिव, न उपसचिव। मुख्यमन्त्री आफैंले मन्त्रालय सम्हाल्दै आए पनि नीति, कार्यक्रम र बजेटको तयारी अपुरो छ।
पार्टीको विवादले प्रशासनिक प्रणाली मात्रै होइन, सिंगो प्रदेश सरकारको कार्यसम्पादनमा असर पार्न थालेको छ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया