Hikmat Acharya
  • २ जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछामको पञ्चदेवल विनायक पारदर्शिताको नमुना, सुदूरपश्चिममा पहिलो


अछाम : वित्तीय पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै अछामको पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशभरि सबैभन्दा कम बेरुजु भएका पालिकाको रूपमा पहिलो स्थानमा परेको छ।

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनअनुसार पञ्चदेवल विनायकको बेरुजु दर मात्र ०.२७ प्रतिशत रहेको छ। प्रदेशका ८८ पालिकामध्ये यो सबैभन्दा न्यून हो।

प्रतिवेदनअनुसार डडेल्धुराको अजयमेरु गाउँपालिका ०.३१ प्रतिशत बेरुजुका साथ दोस्रो स्थानमा छ।

देशभर ७५३ स्थानीय तहहरूमध्ये काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजुमा पर्न सफल भएको उल्लेख गरिएको छ।

वित्तीय अनुशासन र पारदर्शिताको अभ्यासले पञ्चदेवल विनायकलाई राम्रो उदाहरणको रूपमा स्थापित गरेको सरोकारवालाहरूको भनाइ छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode