ठकुल्ला समुदायको एकता अभियान : बान्नीगढीमा समिति गठन
 
	
				
			अछाम । ठकुल्ला समुदायको एकता, पहिचान संरक्षण र सामाजिक विकासमा सक्रिय भूमिका खेल्दै आएको एकीकृत ठकुल्ला समाजले बान्नीगढी जयगढ गाउँपालिका स्तरीय समिति गठन गरेको छ।
एक भेला मार्फत बान्नीगढी गाउँपालिका स्तरिय समिति गठन गरिएको हो ।
रसमाजका स्थानीय अगुवा हर्क ठकुल्लाको अध्यक्षतामा भएको भेलामा एकीकृत ठकुल्ला समाजका केन्द्रीय अध्यक्ष ईन्द्रजित ठकुल्ला प्रमुख अतिथि रहेका थिए ।
भेलाले सर्वसम्मत रुपमा खडक सिंह ठकुल्लालाई अध्यक्ष चयन गरेको छ। त्यस्तै, गोकुल ठकुल्ला उपाध्यक्ष, भद्र ठकुल्ला सचिव, गोकुल ठकुल्ला सह-सचिव र सेतु ठकुल्ला कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी समिति सदस्यहरूमा विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी अन्य सक्रिय युवा तथा वरिष्ठ ठकुल्लाहरू समावेश गरिएका छन्।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ईन्द्रजित ठकुल्लाले समाजमा एकता, अनुशासन र समर्पणको खाँचो औँल्याउँदै सामाजिक विकासका कार्यक्रमहरूमा सक्रियताका साथ लाग्न नयाँ गठित समितिलाई निर्देशन दिए।
उनले समुदायको सांस्कृतिक संरक्षण, शिक्षा तथा समावेशी विकासका विषयमा विशेष जोड दिएका छन्।
स्थानीय बुद्धिजीवी, महिला प्रतिनिधि, युवाहरू र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले ठकुल्ला समुदायमा नयाँ उत्साह र ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया