एमाले अछामको पालिका अधिवेशन तिव्र : कहाँ कसले पाए नेतृत्व ?
 
	
				
			अछाम । नेकपा (एमाले) अछाम पालिका अधिवेशनलाई तिव्रता दिँदै जिल्लाभर संगठन सुदृढिकरणमा सक्रिय बनेको छ। जिल्ला अधिवेशन सम्पन्न भएपछि पार्टीले १० वटै स्थानीय तहमा पालिका अधिवेशनको प्रक्रिया अघि बढाएको हो।
१० पालिका रहेको अछाममा हालसम्म ६ वटा पालिकामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ भने २ पालिकाको बन्द सत्र जारी रहेको नेकपा एमाले अछामका सचिव हिरण्ड भट्टराईले जानकारी दिए।
उनकाअनुसार अधिवेशन जारी रहेका पञ्चदेवल बिनायक र कमलबजारमा आज साँझसम्म सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया पूरा हुने छ।
एमाले अछामले सबै पालिकामा सर्वसम्मतिलाई प्राथमिकता दिँदै नेतृत्व चयन गरिरहेको छ। सचिव भट्टराईका अनुसार यो प्रक्रियाले पार्टीलाई एकीकृत र बलियो बनाउने दिशामा टेवा पुर्याउनेछ।
यी हुन् अधिवेशन सम्पन्न भएका पालिकाहरु र नव-निर्वाचित कमिटीहरु:
१. मंगलसेन नगरपालिका (बैशाख २७)
अध्यक्ष: डम्बर रावल
उपाध्यक्ष: खगेन्द्र सोडारी
सचिव: कालु सिंह विक
उपसचिव: मिठु विक
उपसचिव: मनिषा केसी साउँद
कुल सदस्य: ४७
२. साँफेबगर नगरपालिका (बैशाख २७)
अध्यक्ष: हिरण्ड बहादुर कुँवर
उपाध्यक्ष: कुल बहादुर बिष्ट
सचिव: भीम बहादुर बडाहित
उपसचिव: हर्क बोहरा
उपसचिव: जानकी लुहार
कुल सदस्य: ४१
३. बान्नीगढी-जयगढ गाउँपालिका (बैशाख २८)
अध्यक्ष: हर्क बहादुर साउद
उपाध्यक्ष: लोक बहादुर ठकुल्ला
सचिव: भरत बहादुर खड्का
उपसचिव: प्रगती रावल
उपसचिव: जलु साउँद
कुल सदस्य: ३३
४. तुर्माखाँद गाउँपालिका (बैशाख २८)
अध्यक्ष: पदमबहादुर बीसी
उपाध्यक्ष: नवराज धमला
सचिव: अम्मर न्यौपाने
उपसचिव: रामबहादुर बयक
उपसचिव: तुलसी गिरी बिष्ट
कुल सदस्य: ४७
५. चौरपाटी गाउँपालिका (बैशाख २९)
अध्यक्ष: झन्कर साउद
उपाध्यक्ष: प्रेम बहादुर खड्का
सचिव: राजेन्द्र साउद
उपसचिव: लाल बहादुर साउद
उपसचिव: मिना साउद
कुल सदस्य: ३५
६. हाल अधिवेशन अन्तिम चरणमा रहेका पालिकाहरू:
पञ्चदेवल बिनायक नगरपालिका
कमलबजार नगरपालिका
मेल्लेख गाउँपालिकामा सुरेन्द्र साउँद नेतृत्वमा यस अघि नै नेतृत्व चयन भईसकेको छ भने रामारोशन र ढकारी गाउँपालिकाको अधिवेशन भोलि हुने छ ।
एमाले अछामका सचिव हिरण्ड भट्टराईका अनुसार ” एमाले अछामले संगठन मजबुत बनाउँदै लैजान कार्यकर्ता–नेता सबैको सहभागिता र विश्वासका साथ नेतृत्व चयनमा सर्वसम्मत प्रक्रिया अपनाएको छ।”
नेकपा एमाले अछामले संगठनात्मक गतिशीलता बढाउँदै नेतृत्वको नवीन पुस्ता तयार गर्न पालिका अधिवेशनलाई अवसरको रूपमा लिएको देखिन्छ।
बाँकी पालिकामा पनि सहमति जुट्दै गएको सन्देशले पार्टीभित्र एकताको संकेत दिएको छ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया