बोहराको प्रतिवद्धता अनुसार जयगढका आगलागी पीडितलाई एमाले अछामको १ लाख बढी सहयाेग
 
	
				
			अछाम । बान्नीगढी जयगढ गाउँपालिकाकाे जयगढमा गत चैत्र २६ गते भएको भीषण आगलागी पीडितहरुका लागि नेकपा एमाले अछामले १ लाख ११ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ।
राहत संकलन र पहलको अगुवाइ नेकपा एमाले अछामका तत्कालीन अध्यक्ष चन्द्र बोहराले गरेका थिए। आगलागी भएको भोलिपल्टै घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेका बोहराले पीडितहरूको अवस्था बुझ्दै तत्कालै पार्टीको तर्फबाट १ लाख ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका थिए।
उनकै नेतृत्व र पहलमा संकलित राहत रकम आज नेकपा एमाले अछामका नव-निर्वाचित अध्यक्ष शिव उपाध्यायले औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कमलराज तिमिल्सैना लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
आगलागी पीडितहरूको पुनःस्थापना तथा विपद् व्यवस्थापन लगायतका कार्यमा नेकपा एमाले पार्टी सधैं अगाडि रहने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
गएको चैत्र २६ गते जयगढ बजारमा आगलागी हुँदा २५ घर र ती घरमा संचालित ३५ वटा पसलहरु जलेर नष्ट भएका थिए । आगलागीबाट ८ करोड बढीको क्षति भएको तथ्याँक छ ।
क्याटेगोरी : पालिका, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया