अछाम एमाले अधिवेशन : उप-सचिव पदका लागी मैदानमा निर्मला
 
	
				
			अछाम । नेकपा एमाले अछामकी नेत्री निर्मला धमाला न्यौपानेले पार्टीको ९ औं जिल्ला अधिवेशनअन्तर्गत उप-सचिव पदमा आफ्नो दाबी पेश गरेकी छिन्।
नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै न्यौपानेले उप-सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। हाल उनी एमाले अछाम जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छन्।
शनिबारदेखि मंगलसैनमा सुरु भएको एमाले अछामको ९ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि निर्वाचनको सम्भावना बढ्दै जाँदा न्यौपानेले आफू मैदानमा उत्रने बताएकी छन्।
निर्मलाको राजनीतिक यात्रा
सानै उमेरदेखि एमालेसँग आबद्ध न्यौपानेले वि.सं. २०६२ सालमा श्री सिद्धेश्वरी मावि धमालीको अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेकी थिइन्। त्यसपछि वि.सं. २०६८ देखि २०७३ सम्म दुई कार्यकाल नेकपा एमाले क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी सचिवालय सदस्य भई कार्यरत रहिन्।
२०७४ सालदेखि उनी नेकपा (एमाले) तुर्माखाँदको सचिवालय सदस्य तथा पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा सक्रिय भइन्।
२०७८ सालमा सम्पन्न एमाले अछामको आठौं जिल्ला अधिवेशनमा लोकप्रिय मतका साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी न्यौपानेले वि.सं. २०७४ र २०७९ सालका स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी आकांक्षा पनि राखेकी थिइन्।
उनले सर्वसम्मतिको प्रयासमा आफू बाधक नभएको बतादै निर्वाचनको माध्यमबाट नेतृत्व चयनका लागि भने आफू मैदानमा उत्रने स्पष्ट संकेत गरेकी छिन्।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया