सङ्गठन र सेवामा अग्रणी ढुंगाना : एमाले अछामको उप-सचिवको दौडमा
 
	
				
			अछाम । नेकपा (एमाले) अछामको उप-सचिव पदमा सिद्ध प्रसाद ढुंगानाले दावी प्रस्तुत गरेका छन् ।
विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनको केन्द्रीय तहसम्मको लामो, निरन्तर र संघर्षशील यात्राले ढुंगानालाई पार्टीभित्र एक इमानदार र जनमुखी नेतृत्वको परिचय दिलाएको छ।
ढुंगानाको राजनितिक यात्रा
२०६४ सालमा अनेरास्ववियु श्री षोडशा मावि, मंगलसेनको प्रारम्भिक कमिटी सदस्यबाट राजनितिक यात्रा सुरु गरेका ढुंगाना दुई वर्षमै सचिव बने। त्यसपछि धनगढीस्थित शैलेश्वरी फारबेस्ट स्कूल अफ हेल्थ साइन्समा उनी काउन्सिल सदस्य हुँदै सभापतिमा चयन भए।
२०७० मा अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य, २०७७ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुँदै उनी संगठनभित्र अझ मजबुत बने। त्यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा उनी २०७१ देखि निरन्तर नेतृत्व भूमिकामा छन्—हाल उनी महासंघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जका रूपमा कार्यरत छन्।
सामाजिक क्षेत्रमा ढुँगानाको योगदान
ढुंगानाले पार्टी संगठनको सुदृढीकरणसँगै जिल्लामा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा उल्लेखनीय पहलकदमी लिएका छन्। अछाम जिल्ला अस्पतालको निर्माणदेखि बयलपाटा अस्पतालको दीगो व्यवस्थापन, माओवादी द्वन्द्वमा ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबारको पुनर्निर्माण र त्यसलाई प्रादेशिक संग्रहालय बनाउने अभियान, बहुप्राविधिक शिक्षालयमा नयाँ कार्यक्रम स्थापनाजस्ता विषयमा उनको नेतृत्व निर्णायक रह्यो।
कमलबजार नगरपालिका अस्पतालको सुधारका लागि उनले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विषय उठाई बहस गराए। बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा देखिएको अनियमितता र अछामका लागि उपलब्ध अनुदान चामल वितरणमा देखिएको अव्यवस्था विरुद्ध उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
सादा जीवनशैली, स्पष्ट राजनीतिक धारणा, कार्यकर्तामैत्री व्यवहार र नीतिगत प्रतिबद्धता ढुंगानाको पहिचान बनेको छ।
उनको नेतृत्व क्षमताले पार्टीको भविष्यको दिशालाई स्पष्ट संकेत दिएको कार्यकर्ताहरू बताउँछन्। एक स्थानीय कार्यकर्ताका शब्दमा -ढुंगाना जस्तो नेतृत्वले पार्टी र जनताको दुबै पक्षमा सेतुको काम गर्नेछ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया