एमाले अछामको सचिवमा युवा नेता शाहीको सशक्त दावी
 
	
				
			अछाम । नेकपा (एमाले) अछाम जिल्ला कमिटीको सचिव पदका लागि युवा नेता टोप बहादुर शाहीले आफ्नो सशक्त दावी प्रस्तुत गरेका छन् । हाल पार्टीको जिल्ला सचिवालय सदस्य रहेका शाहीले संगठन निर्माणमा देखाएको सक्रियता र नेतृत्व क्षमताका कारण सचिव पदका लागि उनलाइ बलियो उम्मेदवारको रूपमा हेरिएको छ।
शाही अनेरास्ववियु अछामका पूर्व अध्यक्ष समेत हुन्। उनले पार्टी कठिन अवस्थामा रहेको समयमा संगठन निर्माणमा अहोरात्र खटिँदै पार्टीलाई नयाँ उचाइमा पुर्याएका थिए। विशेषगरी स्थानीय स्तरमा संगठन विस्तार र जनसरोकारका मुद्दा उठाउँदै उनी निरन्तर क्रियाशील रहँदै आएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा ढकारी गाउँपालिका–२ स्थित श्री कालिका मावि, हिच्माको मतदान केन्द्रमा प्रतिपक्षीले बुथ कब्जा गर्न खोज्दा शाहीले त्यसको प्रतिकार गरेका थिए। उनले फर्जी मत र बुथ कब्जा रोक्न प्रयास गर्दा प्रहरीको लाठी चार्ज, अश्रुग्यास र ढुंगामुढाबाट गम्भीर घाइते बनेका थिए। भिडमा खस्दा उनको ज्यान जाने अवस्था आएको थियो।


पार्टीभित्र युवाको बलियो प्रतिनिधित्व गर्ने नेताको रूपमा चिनिने शाही अन्याय र अत्याचारविरुद्ध डटेर उभिने नेताका रूपमा लोकप्रिय छन्।
नेकपा (एमाले) अछामभित्र उनको स्पष्ट विचार, संघर्षशीलता र जनआधारले गर्दा उनलाई सचिव पदका लागि एक सशक्त दाबेदार मानिएको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया