Techie IT
  • ३ पुस २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

आगलागी पीडितलाई एमाले नेता साउँदको व्यक्तिगत २० हजार सहयोग


आगलागी पीडितलाई एमाले नेता साउँदको व्यक्तिगत २० हजार सहयोग

अछाम । बान्नीगढी गाउँपालिकाको जयगढ बजारमा हालै भएको आगलागीबाट पीडित भएकाहरुलाई नेकपा एमाले बान्नीगढी गाउँपालिका कमिटीका अध्यक्ष हर्क बहादुर साउँदले व्यक्तिगत रूपमा २० हजार रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेका छन्।

बजार क्षेत्रमा भएको ठूलो क्षति र विस्थापित अवस्थाका पीडितहरूको पीडालाई केही हदसम्म कम गर्न सहयोग गरिएको साउँदले बताए।

“बिपद्को बेला एक अर्कालाई सहयोग गर्नु मानविय धर्म हो,” अध्यक्ष साउँदले भने।

जयगढ बजारलाई बान्नीगढी गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिन्छ। मंगलबार साँझ अचानक लागेको आगोले भौतिक पूर्वाधार बाहेक करिब ८ करोड रुपैयाँ बराबरको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ।

विपद्को बेला विभिन्न संघसंस्था, स्थानीय निकाय र व्यक्तिहरूबाट राहत सहयोगको प्रयास चलिरहेको छ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode