आगलागी पीडितका लागि एमाले बान्नीगढीको ५१ हजार सहयोग
अछाम । बान्नीगढी गाउँपालिको जयगढ बजारमा गएको मंगलबार साँझ भएको आगलागी पीडितहरूलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) बान्नीगढी गाउँपालिका कमिटीले राहत स्वरूप ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पालिकास्तरिय कमिटीको हिजो सम्पन्न बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए।
“आगलागीबाट ठूलो क्षति गरेको छ, पीडितहरूको पीडामा मल्हम लगाउन हाम्रो तर्फबाट सानो भए पनि राहत सहयोग गर्न लागेको हौं,” अध्यक्ष साउँदले भने।
मंगलबार साँझ लागेको आगोले भौतिक पूर्वाधार बाहेक झण्डै ८ करोड रुपैयाँ बराबरको क्षति गरेको अनुमान गरिएको छ।
स्थानीय तह, सामाजिक संघसंस्था र विभिन्न राजनीतिक दलहरूबाट राहत संकलन तथा वितरण कार्य तीव्र पारिएको छ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया