गरिव असहायलाइ चैते दशैंको उपहार : तिमिल्सैनमा खाद्यान्न बितरण

अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा असहाय, गरिब, विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरिएको छ ।
४ नं वडा कार्यालयको आयोजनामा चैते दशैंको अवसरमा असहाय, गरिब, विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग प्रदान गरिएको हो ।
वडाको वार्षिक कार्यक्रम अन्तर्गत प्रदान गरिएको यस सहयोगबाट १८ जना लाभान्वित भएका छन्।
वडा अध्यक्ष किरण खत्रीका अनुसार प्रत्येक लाभग्राहीलाई १ कट्टा चामल, ३ केजी दाल, १ लिटर तेल र १ केजी नुन वितरण गरिएको छ।
उनका अनुसार आर्थिक अभाव झेलिरहेका नागरिकहरूप्रति वडा सरकारको उत्तरदायित्व र सहानुभूति जनाउन यो पहल गरिएको हो।
खाद्यान्न वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा वडावासीहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्ष खत्रीले असहाय तथा विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले वडाले आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस कार्यक्रमले लक्षित वर्गका नागरिकहरूलाई प्रत्यक्ष राहत पुर्याउने विश्वास गरिएको छ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया