चौरपाटीमा छाउ गोठमा बसे सेवा सुविधा रोकिने : योजना बन्ला त सफल ?

अछाम । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलालाई राज्यबाट प्राप्त सेवा सुविधा रोक्ने निर्णय गरेको छ। महिनावारीका बेला महिलालाई छाउगोठमा राख्ने कुप्रथालाई अन्त्य गर्न गाउँपालिकाले यो कठोर निर्णय लिएको हो।
गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदका अनुसार, महिनावारी भएका महिलाले अबदेखि घरभित्रै बस्नुपर्नेछ। यदि कोही महिला आफैंले छाउगोठमा बस्ने वा कसैले उनीहरूलाई बाध्य बनाएको पाइएमा, ती व्यक्तिलाई कारवाही गरिने र उनीहरूलाई दिइने सरकारी सेवा सुविधा रोकिनेछ।
“छाउप्रथा हाम्रो समाजको एक गम्भीर कुप्रथा हो। यसले महिलाको आत्मसम्मान र सुरक्षामा गम्भीर असर पुर्याउँछ। अध्यक्ष साउँदले भने यसलाई जरैदेखि उन्मुलन गर्न हामी प्रतिबद्ध छौं,”
गाउँपालिकाले उपाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी छाउगोठमुक्त अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार अछाममा अझै धेरै गाउँवस्तीमा छाउगोठको प्रथा कायम छ। “छाउगोठ बसाइका कारण हालसम्म झण्डै १५ जना महिलाले ज्यान गुमाइसकेका छन्,”
अछाममा कति छाउगोठ बाँकी छन् भन्ने यकिन गर्न निकट भविष्यमा एकीकृत अनुगमन गर्ने तयारी समेत रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया