Hikmat Acharya
  • ११ चैत्र २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

गोविन्दको प्रेरणादायी योगदान : व्यक्तिगत १ लाख लगानीमा पटकानी पुनर्निर्माण


अछाम । धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा महत्वपूर्ण मानिएको बाच्कोट ठुलाघरको पटकानी पुनर्निर्माण गरिएको छ।

बान्नीगढी जयगढ गाउँपालिका-५, कालिका बाच्कोट ठुलाघरमा रहेको यो ऐतिहासिक पटकानीको मर्मत तथा सौन्दर्यीकरण हाल जापानमा रहेका स्थानीय २४ वर्षीय गोविन्द साउँदको व्यक्तिगत करिब १ लाख रुपैयाँ लगानीमा गरिएको हो।

गोविन्दको विशेष चासो सहित परिवारका सदस्यहरू मिलेर पटकानी पुनर्निर्माण गरिएको उनका दाजु अविरल साउँदले बताएका छन्। सिमेन्ट, रंगरोगन तथा अन्य आवश्यक संरचनात्मक सुधारहरू गरिएको यो पटकानी दशैं, तिहार, होली जस्ता चाडपर्वका अवसरमा विशेष रूपमा प्रयोग गरिन्छ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थल

यो पटकानी केवल मनोरञ्जनका लागि मात्र होइन धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ। यही स्थलमा जाल्वादेवी मन्दिर अवस्थित रहेको छ,जसले यस क्षेत्रको धार्मिक आस्थालाई झल्काउँछ।

स्थानीय ज्येष्ठ नागरिक परजिते साउँदका बुवा स्व. नवल सिंह साउँदले करिव १ सय ५० बर्ष अगाडि आफ्ना स्वर्गिय पुर्खाहरुको सम्झनामा यहि पटाकानीमा रोपेको पिपलको रुख यस पटकानीको ऐतिहासिकता र महत्व झल्काउने अर्को महत्वपूर्ण पक्ष हो।

यहि पिपलको बिजारोपण गर्ने स्वर्गीय बाजे नवल साउँदको सम्झना तथा सम्मानमा पटाकानी पुनःनिर्माण गरिएको गोविन्दका बुवा दल बहादुर साउँदले बताएका छन् ।

स्थानीय समुदायबीच मेलमिलाप, सद्भाव र परम्परागत संस्कृति संरक्षणको केन्द्रबिन्दुका रूपमा यो पटकानी रहद‌ै आएको छ।

गोविन्द साउँदले व्यक्तिगत लगानीमा पुनर्निर्माण गरेको यो पटकानी स्थानीय सम्पदा संरक्षणको उत्कृष्ट उदाहरण बनेको छ। सामाजिक सेवाभावका आधारमा स्वस्फूर्त रूपमा व्यक्तिगत लगानी गरेको उनले बताएका छन् । उनको यो कदम अन्य युवाहरूका लागि प्रेरणादायी बन्न स्थानीयको बिश्वास छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode