Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुख ढलेर एक महिला गम्भीर घाइते


अछाम । अछामको कमलबजार नगरपालिका–३ बयलामा रुख ढलेर एक महिला गम्भीर घाइते भएकी छन्।

स्थानीय भाना ढकाल (अन्दाजी ५० वर्ष) आफ्नै जमिनमा रहेको तिमिलाको रुखमा घाँस काट्ने क्रममा रुख जरैबाट ढलेर च्यापिँदा गम्भीर घाइते भएको परिवारजनले बताएका छन्। घटनापछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसैन पुर्‍याइएको थियो।

प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ। चिकित्सकहरूका अनुसार उनको टाउको र बाँया आँखामुनि गम्भीर चोट लागेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode