Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

डडेलधुरामा किशोरीमाथी करणी गर्ने ५८ वर्षीय पुरुष पक्राउ


 

डडेल्धुरा–डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ।

भोजबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode