जयगढमा भेटिएको चितुवा मृत फेला !

अछाम – बान्नीगढी जयगढ गाउँपालिका-३, जयगढ देवल बजार नजिकै ताम्राकार टोलको छेउमा फेला परेको चितुवा मरेको छ ।
हिजो दिउँसोदेखि चितुवा एउटै स्थानमा बसिरहेको उक्त चितुवा शनिवार बिहान मृत अवस्थामा भेटिएको हो ।
हिजो दिउँसो भेटिएको चितुवा मानिसहरूको भीड बढ्दै जाँदा पनि कुनै प्रतिक्रिया नदेखाएकाले घाइते तथा अस्वस्थ रहेको आशंका गरिएको थियो ।
चितुवा भेटिएको बिषयमा प्रहरीले सम्वन्धित निकायलाई जनकारी गराइ उद्दारका लागि पहल गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि ईश्वरी भण्डारीका अनुसार चितुवाको उद्दारका लागि बन कार्यालयसंग पहल गरिएकोमा शनिवार बिहानै चितुवा शुक्रवारदेखी बसिरहेकै स्थानमा मृत भेटीएको छ ।
ताम्राकार टोल छेउमै चितुवा भेटिएपछि प्रहरीले शुक्रवार राति उच्च सतर्कता सहित बस्न आग्रह गरेको थियो भने सुरक्षा सकर्तता बढाएको थियो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया