जयगढ बजार नजिक चितुवा फेला, घाइते भएको आशंका

अछाम – बान्नीगढी जयगढ गाउँपालिका-३, जयगढ देवल बजार नजिकै ताम्राकार टोलको छेउमा एक चितुवा फेला परेको छ।
स्थानीयका अनुसार दिउँसोदेखि चितुवा एउटै स्थानमा बसिरहेको छ। मानिसहरूको भीड बढ्दै जाँदा पनि चितुवाले कुनै प्रतिक्रिया नदेखाएकाले घाइते भएको आशंका गरिएको छ।
जयगढ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गिरिराम नेपालीले घटनाबारे जिल्ला प्रहरी र डिभिजन वन कार्यालयलाई जानकारी गराइएको बताए।
चितुवा बस्ती नजिक देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।
तुर्माखाँदमा चितुवा धरापमा फस्यो : उद्धारको तयारी (भिडिओ सहित)

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया