Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा ट्र्याक्टर दुर्घटना : चालकको अवस्था गम्भीर


अछाम – जयगढ-रामारोशन सडकखण्डको दर्ना खण्ड अन्तर्गत पानीखाल सिमलरुख नजिक ट्र्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

रामारोशनबाट जयगढतर्फ आउँदै गरेको उक्त ट्र्याक्टर नाति कन्ट्रक्सनको रहेको स्थानियहरूले बताएका छन्। तर, ट्र्याक्टरको नम्बर मेटिएको कारण त्यसबारे स्पष्ट विवरण आउन सकेको छैन।

घाइते चालक बेहोस अवस्थामा रहेका कारण उनको परिचय खुल्न सकेको छैन। घटनास्थलमा रहेका स्थानीय टेक बहादुर शाहका अनुसार चालकको अवस्था गम्भीर देखिएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। दुर्घटनाका थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode