Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाँदमा चितुवा धरापमा फस्यो : उद्धारको तयारी (भिडिओ सहित)


अछाम । अछामको तुर्माखाँद गाउँपालिका–७ तोसी छिप्टेमा एक वयस्क चितुवा स्थानीयले थापेको धरापमा फसेको छ।

सो क्षेत्रमा जंगली जनावरले गाई,भैंसी र बाख्राहरूलाई आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षा उपायस्वरूप धराप थापेका थिए।

आज बिहान करिब ११:३० बजेतिर चितुवा धरापमा परेको स्थानियले जानकारी पाएका थिए ।

घटनास्थल नजिकै करिब ५/६ वटा घरहरू रहेकोले संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी चौकी तुर्माखाँदबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित भएको छ।

प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै निगरानी बढाएको छ।

चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालय मंगलसेन, अछामसँग समन्वय गरी राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा (NTNC) कञ्चनपुरबाट प्राविधिक टोली आजै १२:३० बजे अछामका लागि हिडेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले बताएका छन्

थप विवरण आउन बाँकी…


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode