राष्ट्रिय मूल्याङ्कनमा मंगलसैनले देखायो चमक : अछाममा पहिलो स्थान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा अछाम जिल्लामा मंगलसैन नगरपालिका पहिलो बनेको छ ।
मूल्याङ्कनमा जिल्लाकै पहिलो स्थान मंगलसेन नगरपालिकाले ६६.१ अंक प्राप्त गर्दै सुरक्षित गरेको हो ।
उता चौरपाटी गाउँपालिकाले ५९.६ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल छ ।
यस्तै पञ्चदेवल नगरपालिका ५८.३ अंकका साथ तेस्रो, साँफेबगर नगरपालिका ५३.४ अंकसहित चौथो, र मेल्लेख गाउँपालिका ५२.२ अंक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्।
अन्य स्थानीय तहहरूको अवस्था यसप्रकार रहेको छ:
कमलबजार नगरपालिका – ५०.६ अंक (छैटौँ)
तुर्माखाँद गाउँपालिका – ५०.२ अंक (सातौँ)
बान्नीगढी जयगढ गाउँपालिका – ५० अंक (आठौँ)
रामारोशन गाउँपालिका – ४९.९ अंक (नवौँ)
ढकारी गाउँपालिका – ४७.७ अंक (दशौँ)
आयोगले स्थानीय तहहरूको राजस्व तथा आय–व्यय व्यवस्थापन, बजेट पारित गर्ने प्रक्रिया, संघ तथा प्रदेशमा पठाइने राजस्व, शिक्षा, स्वास्थ्य, विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगायत १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो।
मंगलसैन नगरपालिका आर्थिक बर्ष २०७७/७८ मा समेत प्रथम बनेको थियो ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया