डोटीका एक युवक भारतमा सम्पर्कविहीन

तिर्थ नेपाली, काठमाडौं – रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिनदेखि सम्पर्कविहीन भएका छन्।
डोटी जिल्लाको पूर्विचौकी गाउँपालिका–५, काडामाण्डौ (धानुकाँडा) निवासी शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबंगला भन्ने ठाउँबाट फेब्रुअरी ५ तारिखको राति करिब ११ बजे बेपत्ता भएका हुन्।
रोशनकी श्रीमतीका अनुसार उनले सो रात ‘वाईफाई चलाउन जाँदैछु’ भन्दै कोठाबाहिर गएका थिए तर त्यसपछि उनी सम्पर्कमा आउन सकेका छैनन्। फेब्रुअरी १० सम्म पनि उनी घरपरिवार वा कुनै आफन्तसँग सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ।
प्रवासी नेपालीहरूलाई खोजीमा सहयोग गर्न अपिल
परिवारका अनुसार रोशनका बुबाआमा, श्रीमती र सात महिनाकी छोरी सबै भारतमै रहेका छन्। परिवारले प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई रोशनको खोजीमा सहयोग गर्न अपिल गरेका छन्।
यदि कसैले रोशनलाई देख्नुभएको छ भने निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ:
📞 7710911390 / 7506731323
रोशन नेपालीको शीघ्र खोजी होस् भन्ने कामना गर्दै सम्बन्धित निकाय तथा प्रवासी नेपालीहरूलाई परिवारले सहयोगको अपिल गरेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया