Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

खानेपानी मन्त्रालयमा आगलागी


काठमाण्डौ – आज बिहान सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागीबाट खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेको छ ।

मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ । खानेपानी मन्त्री यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का रहेको बताउनुभयो ।

हिजो शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको समेत उहाँले जानकारी दिनुभएको छ ।

कोठामा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको छ । तर अति आवश्यक कागजपत्रमा भने कुनै क्षति नभएको मन्त्री यादवको दाबी छ ।

खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउनु भयो । उहाँले पनि ठूलो क्षति हुनबाट जोगिएको बताउनुभएको छ ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी १५ मिनेटमै नियन्त्रणमा आएको जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode