Hikmat Acharya
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बाघले ७ बाख्रा मार्यो


अछाम– अछाममा बाघको आक्रमण बाट ७ बाख्रा मरेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका ७ वटा बाखा आइतवार राति बाघको आक्रमण बाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बाख्राको खोर भित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै १ लाखको क्षति भएको बताइएको छ।

गाउँमै स्थानीय जातका बाख्रा पालेर व्यवसाय गरिरहेका उनले बाख्रापालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode