डोटीमा एक घरको दिवाल भत्कियो

डोटी- डोटीमा एक जनाको घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन्।
जिल्लाको शिखर नगरपालिका–६ मटेलाका यज्ञ लुहारको एक तले दुई कोठे घरको बिचको दिवाल भत्किएको हो ।
घरको दिवाल भत्किदा सोमवार गोठमा बाँधेका आठ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेका प्रहरीले जनाएको छ।
अन्य ६ वटा बाख्राको भने जिबितै उद्धार गरिएको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया