Hikmat Acharya
  • १ फागुन २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा १६ वर्षीया किशोरी सुतेको कोठामा मृत भेटिइन्


बैतडी– बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका–१० बाडीखानाकी १६ बर्षीया निर्मला सार्की मृत फेला परेकी हुन् ।

शुक्रबार राति आफ्नै कोठामा सुतेकी निर्मला बिहान झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ ।

सरस्वती मावि सल्लेबासामा कक्षा १२ मा अध्ययनरत सार्कीले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन् ।

विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि सरस्वती माविले आज एक दिन शोक बिदा दिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode