बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि सिगास गाउँपालिका–१ इरानाका १४ वर्षिय जयन्ती धामी र १९ वर्षिय पार्वति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीहरुको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी काया्र्रलय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
यस्तै सो दुर्घटनामा परि सोहि ठाउँका ४० बर्षिय तुलसी धामी, १६ बर्षिय निरा धामी, १८ वर्षिय कमला धामी र १४ बर्षिय भागरथि धामी घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भएरहेको बताइएको छ ।
शनिवार बिहान ४ बजे जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया