Hikmat Acharya
  • १ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा सडेको अवस्थामा महिलाको शव फेला


डोटी– डोटीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो।
प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन।

ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए।

शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिला भएको पहिचान गरिएको बताए। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode