अछाममा नेकपा एसको पालिका स्तरिय बिशेष अभियान सम्पन्न

अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) अछामको १० दिने पालिका स्तरीय विशेष अभियान सम्पन्न भएको छ ।
पौष १० गते साँफेबगरबाट सुरु भएको अभियानको आज पन्चदेवल विनायक नगरपालिकामा समापन गरिएको हो ।
अभियान अन्र्तगत पुष १० गते साँफेबगर, ११ गते चौरपाटी, १२ गते मेल्लेख, १३ गते वान्नीगढी जयगढ, १४ गते रामारोशन, १५ गते मंगलसैन, १६ गते कमलवजार, १७ गते ढकारी र आज पन्चदेवल विनायक नगरपालिकामा विशेष अभियानको समापन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य एवंम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिए ।
पन्चदेवल विनायक नगर कमिटीका अध्यक्ष ललित शाहीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सचिव शेरबहादुर कुँवर रहेका थिए ।
अभियानलाई सम्वोधन गर्दै केन्द्रिय कमिटी सचिव कुँवरले एकिकृत समाजवादी पार्टीप्रति जनता माझ आकर्षण वढ्दै गएको दावी गरे ।
गाउँ–गाउँमा पार्टीप्रति जनताको उत्साह थपिदै गएको बताउदै उनले नेता कार्यकर्तालाई विचलित नभएर पार्टीको संगठन निर्माण लाग्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय कमिटी सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवरले पार्टीका नीति कार्यक्रमलाई जनता माझ लैजान पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
जिल्ला कमिटी सदस्य हस्त नेपालीले स्वागत मन्तव्य राख्नुभएको वैठकको सञ्चालन केशव शाहीले गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया