बान्नीगढी जयगढ गाउँपालिका
प्रशासनिक भवनबारे सर्वोच्चमा रिट : भवन निर्माणको काम रोक्न सर्वोच्चद्वारा आदेश

जयगढ अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनका बिषयमा परेको रिटमा सर्वोच्च अदालतले भवन निर्माणको काम रोक्न आदेश जारी गरेको छ ।
नियम विपरीत भवन निर्माण कार्य भईरहेको भन्दै परेको रिटमा सर्वोच्च अदालत द्वारा पुस २३ गते सम्म भवन निर्माण कार्य रोक्न आदेश जारी गरेको हो ।
भवन निर्माण सम्बन्धी कार्य हाल लाई अघि नबढाई यथास्थितिमा राखी मिति २०८१ । ९। २३ गतेका दिन अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्ने सम्बन्धमा उक्त दिनको पेशी तोकी सो दिन उपस्थिति हुनु होला भनी प्रत्यक्षर्थीहरुलाइ जानकारी गराइ नियमानुसार पेश गर्नु आदेशमा भनिएको छ । स्थानीय अगुवा डम्बर स्वार सहितको एक टोलीले गाउँपालिकाको प्रशासनिक भवन नियम विपरीत निर्माण भईरहेको दाबी सहित सर्वोच्चमा रिट दायर गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय,पूर्वाधार विकास कार्यालय साँफेबगर, जिल्ला मालपोत कार्यालय,नापी कार्यालय,बान्नीगढी जयगढ गाउँ कार्यपालिका,गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद,३ नम्बर वडाका तत्कालीन वडाध्यक्ष कुल बहादुर शेट्टी विरुद्ध बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का डम्बर बहादुर स्वार,वडा नम्बर ४ का तिलक बहादुर खत्री, वडा नम्बर ५ का लाल कामी र वडा नम्बर ३ का डवलसिंह ठकुल्लाले सर्वोच्च अदालतमा परमादेश तथा प्रतिषेधलगायत अन्य उपयुक्त आदेश जारि गरिपाऊँ भन्दै पौष ७ गते रिट दर्ता गरेका थिए ।
रिट उपर अन्तरिम आदेश जारी गर्ने नगर्ने सन्दर्भमा सर्वोच्च अदालतले यही पौष २३ गतेका लागी पेशी तोकेकाे छ। पौष २३ गतेको पेशीमा बान्नीगढी जयगढ गाउँपालिका लगायतका विपक्षीहरूले आवश्यक कागजात सहित राय पेश गरे पश्चात् अन्तरिम आदेश जारि हुने नहुने टुङ्गो लाग्ने छ ।
जयगढ रामारोशन सडक खण्ड भित्र पर्ने जग्गा मिचेर गाउँपालिकाको प्रशासनिक भवनको घेरा पर्खाल निर्माण भईरहेको बिषयमा आवाज उठाउँदा आफूहरूलाई चुनौती दिइए बमोजिम सर्वोच्चमा उजुरी दर्ता गराएको स्वारले सामाजिक संजाल मार्फत उल्लेख गरेका छन् ।
गाउँपालिका भवन निर्माणका लागी आवश्यक पर्ने बिभिन्न मापदण्ड पुरा नगरेको एक समूहले दाबी गर्दै आएको छ । भवनका लागी कम्तीमा ६ रोपनी जग्गा आवश्यक पर्ने कानुनी व्यवस्था भएकोमा निर्माणाधीन सडकको क्षेत्राधिकार भित्रको जग्गा र भिर पाखा समेत लालपुर्जामा देखाइएको केहि स्थानीय अगुवाले दाबी गर्दै आएका छन् ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य नियम विपरीत भईरहेको बिषयमा पूर्व जिल्ला विकास समिति सदस्य तथा बान्नीगढी गाउँपालिकाका नागरिक अगुवा तिलक खत्रीले समेत आपत्ति जनाउँदै आएका छन् । निर्माणाधीन प्रशासनिक भवनका सन्दर्भमा गाउँपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न पूर्व जिविस सदस्य तिलक बहादुर खत्री, नेपाली काँग्रेसकै नेता डम्बर बहादुर स्वार लगायत स्थानीय राजनीतिक दलका नेता लगायतको एक समूह सक्रिय रहेको बताइन्छ ।
यता गाउँपालिका सरकार निकट स्रोतले भने गाउँपालिकाबाट माग गरेका बिभिन्न योजनाको टेण्डर लगायतका योजना नपाएको झोकमा तिललाई पहाड बनाएर उक्त समूहले गाउँपालिकाको बदनाम गर्दै आएको दाबी गर्दै आएको छ । उजुरीका सन्दर्भमा आवश्यक राय सहितका कागजात सर्वोच्च अदालतका पेश गर्न आवश्यक तयारी भईरहेको बान्नीगढी जयगढ गाउँपालिकाले जनाएको छ ।
याे पनि पढ्नुहाेस

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया